१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

शिवराजले भन्यो, ‘जायज मागप्रति समर्थन छ, नतिजा प्रकाशन र भर्ना अभियान सुरु गर्नु’



मायादेवी अनलाइन, शिवराज ।

शिवराज नगरपालिकाका सबै विद्यालयलाई नतिजा प्रकाशन र भर्ना अभियान यथाशिघ्र सुचारु गर्न शिवराज नगरपालिकाले निर्देशन दिएको छ । मंगलबार एक सुचना जारी आन्दोलनले शैक्षिक क्षेत्रमा भैरहेको क्षतिको पनि मुल्यांकन गर्दै पठनपाठन सुचाररु गर्न भनिएको हो ।
शिवराज नगर प्रमुख अजय थापाद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ, ‘चैत्र २० गते देखि काठमाडौंमा शिक्षकहरुले गरेको अनिश्चितकालिन आन्दोलनमा शिक्षकका जायज मागप्रति हाम्रो पनि ऐक्यबद्धता छ, आन्दोलनबाट शैक्षिक कार्यक्रममा प्रत्यक्ष प्रभाव पारेको छ भने शैक्षिक सत्र २०८१ के नतिजा र २०८२ को भर्ना अभियान अवरुद्ध भएकोले अभिभावक, विद्यालय ब्यवस्थापन समिती लगाएत शैक्षिक सरोकारवालाबाट पनि चासो र गुनासो आएको छ। ’ बालबालिकाले जस्तोसुकै अवस्थामा पनि शिक्षा पाउने नैसर्गिक अधिकारबाट कसैले बन्चित गर्न नपाउँउने विश्वब्यापी मान्यता अनुसार शिवराजका सरकारी, संस्थागत तथा धार्मिक विद्यालयमा नतिजा प्रकाशन संगै भर्ना अभियान सुरु गरी पठनपाठन गराउँन सम्पूर्ण शिक्षकलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२ मंगलबार ००:००  ९ : १५ बजे