काठमाडौं ।
यस वर्ष औसत समयभन्दा १५ दिन चाँडो नेपाल भित्रिएको मनसुन ९ दिनदेखि कोशी प्रदेशमै अलमलिएको छ । कोशी प्रदेशमा प्रवेश गरेपछि सामान्यतया १२ देखि १५ दिनमा देशभर फैलनुपर्नेमा ९ दिनसम्म मनसुन कोशीबाट अघि बढ्नै नसकेको हो ।
गएको वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन त्यसको १३ दिनमा अर्थात् असार १० गते देशभर फैलिसकेको थियो । मौसमविद् उज्जवल उपाध्यायका अनुसार कोशीमा पनि मनसुन शिथिल भएर बसेको छ ।
अहिले मनसुनी वायुभन्दा पश्चिमी वायुको शक्ति बढी रहेकाले मनसुनी वायुलाई पश्चिमतर्फ अघि बढ्न नदिएको हो । मनसुन शिथिल रहेको र पश्चिमी वायुमा पानी पार्ने प्रणाली खासै नरहेकोले आउँदो बुधवारसम्म देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् उपाध्यायले बताउनुभयो ।
वर्षा नहुँदा खासगरी तराई क्षेत्रमा गर्मी निकै बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया