२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राख्न दूतावासलाई परराष्ट्रको निर्देशन



काठमाडौं ।

पराराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न दूतावासहरुलाई निर्देशन दिएको छ ।

पछिल्लो तीनयता इजरायल र इरानबीच द्वन्द्व चर्किएको छ । परराष्ट्रमन्त्री आरजू देउवा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली दूतावासका राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी ती मुलुकमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

साथै ती मुलुकमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्क राख्न र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा नेपालीहरु समक्ष पुर्याउन राजदूतहरुलाई मन्त्री राणाले निर्देशन दिएको मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल इजरायलमा झन्डै ५ हजार ५ सय र इरानमा १२ जना नेपाली नागरिक रहेको तथ्याकं मन्त्रालयले दिएको छ । इजरायल र इरानबीच चर्किएको द्वन्द्वलाई नेपालले नजिकबाट हेरिरहेको भन्दै मन्त्रालयले ती मुलुकमा रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यक कदम चाल्ने बताएको छ ।

प्रकाशित मिति : १ असार २०८२ आइतबार ००:००  ६ : १७ बजे