२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना, विद्यार्थीको मृत्यु



काठमाडौँ ।
काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ।

स्कुलको माईक्रो भ्यान दुर्घटनामा सोही स्कुलमा अध्ययनरत काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त भ्यानको ठक्करबाट घाइते भएका ६ जना मध्ये ५ जनाको नेपाल नेशनल अस्पतालमा र १ जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २ असार २०८२ सोमबार ००:००  ८ : ४९ बजे