१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

इरानबाट उद्धार भएकामध्ये २ नेपालीलाई दिल्लीबाट बुटवल पठाइयो



काठमाडौं ।

भारतको सहयोगमा इरानबाट उद्धार गरिएका नेपालीमध्ये दुई जना नयाँ दिल्ली आइपुगेका छन् । इरानबाट उद्दार गरिएकामध्ये गणेशप्रसाद पोखरेल र सुमन गैरे आइपुगेका हुन् ।

भारतको सहयोगमा फर्किएपछि उनीहरुले दिल्ली आएर नेपाली राजदूत शंकर शर्मासँग भेट गरेका छन् । फर्किने आउने क्रममा उनीहरुलाई दिल्लीस्थित विमानस्थलमा दूतावासका अधिकारीहरुले रिसिभ गरेका थिए ।

दिल्लीबाट उनीहरु बुटवलका लागि हिँडिसकेको भारतीय दूतवासले जनाएको छ । बाँकी १४ जना नेपाली समेत फर्किएर आउने क्रममा रहेको भनिएको छ । इरानको जेलमा ५ जना नेपाली अझै छन् । उनीहरुलाई समेत फिर्ता ल्याउन पहल भइरहेको छ ।

अध्यागमन कानुनको उल्लंघन गरेको आरोपमा जेलमा रहेकाले उनीहरुलाई प्रक्रिया पूरा गरेर फिर्ता ल्याउन कतारस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इरानमा रहेका नेपालीहरुसँग निकट सम्पर्कमा रहेको भनेको छ ।

प्रकाशित मिति : १० असार २०८२ मंगलबार ००:००  ७ : ५० बजे