१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कालीगण्डकी सडक अवरुद्ध



गुल्मी।

पहिरोका कारण कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पहिरो पन्छाउने प्रयास जारी छ । रासस

प्रकाशित मिति : १५ श्रावण २०८२ बिहिबार ००:००  ११ : ०६ बजे