१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आज यूएईमा सैनामैना सेवा समाजको तीज धमाका २०२५ प्रस्तुती हुदै



कपिलवस्तु ।

आज यूएईमा सैनामैना सेवा समाजको तीज धमाका २०२५ को विशेष प्रस्तुती हुदैछ । यूएईमा सक्रिय सैनामैना सेवा समाजले अगस्ट ३ गते आजका दिन तीज धमाकाको तयारी पुरा गरेको छ । आजको विशेष प्रस्तुती सांस्कृतिक कार्यक्रम मात्र नभएर सामाजिक उत्तरदायित्व, प्रवासी एकता र नेपाली पहिचानको सशक्त अभिव्यक्ति र प्रस्तुती रहने छ। सोही कार्यक्रम सफल बनाउन यतिबेला राष्ट्रिय कलाकार खुमन अधिकारी र मञ्जु भट्टराई दुवई पुगिसकेका छन् । आयोजकले कलाकार अतिथीलाइ स्वागत सम्मान गरीसकेका छन् ।

तीज धमाका २०२५ मा राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति मुख्य आकर्षण हुनेछ । यूएईस्थित स्थानीय प्रतिभाहरूको सहभागिताले प्रवासी भूमिमा नेपाली सांस्कृतिक चेतना बलियो बनाउने आयोजकले दावी गरेका छन् । बरदुवइ स्थीत याक एन्ड यति क्लव एभरेस्टमा दिउसाे १ बजे हुने तीज धमाका २०२५ काे सम्पूर्ण तयारी पुरा भइसकेकाे छ ।

सैनामैना सेवा समाजका पदाधिकारीहरू, संरक्षक तथा सल्लाहकारहरू सबै आ–आफ्नो ठाउँबाट कार्यक्रम सफल बनाउन सक्रिय छन्। वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले दिएको जानकारीअनुसार, विगत भन्दा अझ प्रभावकारी र फरक पहिचान सहित तीज विशेष तयारीमा जुटेको छ, आयोजक टीम । तिज धमाका २०२५ को मुख्य प्रायोजक, सह–प्रायोजक र विभिन्न विधागत साझेदारहरूसँग सहकार्य गरी कार्यक्रमको व्यवस्थापन गरिँदैछ।

सैनामैना सेवा समाजद्वारा आयोजना हुने तीज धमाका २०२५ को टाइटल स्पोन्सर को रूपमा यसपटक पनि ओसम भिनी इन्टरनेशनल रहेको छ। विगत तीन वर्षदेखि तीज विशेष कार्यक्रमको प्रमुख साझेदारको रूपमा निरन्तर रुपमा सहकार्य गर्दै आएको ओसम भिनी इन्टरनेशनलले यसपालि पनि सशक्त साथ दिएको समाजका बरिष्ठ उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

मिडिया पार्टनरका रूपमा मायादेवी अनलाइन डटकम लगाएत अन्य अफिसियल मिडियाहरू रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२ आइतबार ००:००  १० : ४१ बजे