२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सिद्धबाबामा ढुङ्गा खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध



बुटवल ।

पाल्पाको सिद्धबाबा क्षेत्रमा ढुङ्गा खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार बिहानदेखि परेको लगातारको वर्षासँगै माथिल्लो सिद्धबाबाको तीनवटा स्थानमा पहिरोसहित ठूला ढुङ्गा खसेका कारण सडक अवरुद्ध भएको हो।

अवरोधका कारण पाल्पाबाट बुटवलतर्फ आउने सवारीलाई दोभान र बुटवलबाट पाल्पातर्फ जाने सवारीलाई गोलपार्कमै रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दोभान प्रहरी चौकीका इन्चार्ज सही रोमबहादुर केसीका अनुसार, लगातारको वर्षाका कारण ढुङ्गा हटाउने प्रयास तत्काल सफल हुन सकेको छैन। उनका अनुसार अहिले पनि पानी परिरहेको र पानी रोकिएपछि जेसीबी प्रयोग गरेर सडक खुलाइनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०८२ सोमबार ००:००  ४ : ०० बजे