२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन निर्देशन



काठमाण्डाै ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिमलाई मध्यनजर गरी सरकारका सम्पूर्ण निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।

शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भागमा देखिएको मनसुनजन्य जोखिमको जानकारी लिनुभएको थियो ।

बैठकमा सिंहले अहिलेको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना घटिहालेमा क्षति हुन नदिन, खोज तथा उद्धारका लागि आवश्यक तयारीमा रहन निर्देशन दिनुभएको हो । यसैगरी उहाँले सम्भावित जोखिमको क्षेत्रमा एसएमएस अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो ।

आज राति कैलाली र कञ्चनपुरमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेकोबारे पनि बैठकमा जानकारी गराइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२ मंगलबार ००:००  ७ : ४१ बजे