काठमाडौँ ।
सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित ४१ ठाउँमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको छ ।
कोशी प्रदेशस्थित मोरङ्गको बखरी र ओखलढुंगाको हर्कपुरमा वेश स्थापना गरिएको छ । मधेस प्रदेशको भारदह र बसाइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा र रौतहटको फतुवामा बेस स्थापना गरिएको छ ।
त्यस्तै बाराको तेलकुवा र कलैया तथा पर्साको पोखरीयामा बेस स्थापना गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । बागमतीस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मंगलटार, नुवाकोटको खरानिटार, चितवनको भालढुंगा, दोलखाको लिङ्कन बजार र सिगंटी तथा रसुवाको तातोपानीमा वेश स्थापना गरिएको छ ।
त्यस्तै गण्डकी प्रदेश अन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूरपश्चिम प्रदेशस्थित कैलालीको खानी डाडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ ।
मनसुनको कारण सम्भावित विपदबाट नागरिकहरूको उद्धार कार्यमा सहज होस् भनेर जोखिमयुक्त क्षेत्रमा बेस स्थापना गरिएको डीएसपी थापाले जानकारी दिए ।







प्रतिक्रिया