३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

शैक्षिक सामग्री पाएपछि विपन्न मुस्लिम बालबालिका खुशी



सर्लाही । 

जिल्लाको चन्द्रनगर गाउँपालिकाको मुस्लिम समुदायका करिब ३०० बालबालिका शैक्षिक सामग्री पाएपछि निक्कै खुशी भएका छन्।

चन्द्रनगर गाउँपालिका–५ स्थित समिमुल उलम स्लामिया मदर्शामा अध्ययन गर्ने अति विपन्न मुस्लिम बालबालिकाहरूलाई बुधवार नेपाली कांग्रेस मधेशकी नेत्री शर्मिला थापाले स्कुल झोला, कापी, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री उपलब्ध गराउँदा बालबालिकाहरू खुशीले रमाए।

एक विशेष कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्दै थापाले गरिब, असहाय, दिनदुखीको बृहत्तर उत्थानका पक्षमा आफूलाई सदैव समर्पित गरेको बताइन्।

राजनीतिमा लागे पनि आफ्नो हितमा नसोची जनतालाई सर्वोपरि ठानेर उनीहरूको सेवामा तल्लीन रहँदै आएको र अगामी दिनमा आफूबाट सहयोग निरन्तर जारी राख्ने उनले प्रतिबद्धता जनाइन्। 
 

प्रकाशित मिति : २२ श्रावण २०८२ बिहिबार ००:००  ८ : १४ बजे