२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध



गुल्मी । 

गुल्मीकाे रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका ६ को डहरे खोलामा पानीको बहाव बढेपछि आज बिहानदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

डहरेमा सडक माथिबाट लेदो सहितको बाढी आएपछि सडक पूर्णरुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बाग्लुङको बुर्तिबाङ्गसम्म आवतजावत गर्ने गाडीहरु बीचबाटोमै रोकिएका छन ।

त्यसैगरी सुक्खा पहिरोका कारण रिडी‐खर्ज्याङ सडक पनि बनेको छ । वर्षाको कारण कालीगण्डकी र बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले बर्खाको समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८२ शुक्रबार ००:००  ९ : ४६ बजे