१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना?



काठमाडौँ ।
हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भूभागका धेरै र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२ सोमबार ००:००  ८ : १६ बजे