२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

लुम्बिनी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा



अर्घाखाँची।

आर्थिक वर्ष २०८१–८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ । यस क्रममा शुन्य डोज भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकालाई खोजीगरी खोप लगाइएको थियो ।

जिल्लागत विवरण अनुसार सबैभन्दा धेरै ड्रपआउट बाँकेमा ७ सय ६२, कपिलवस्तुमा ६ सय ५२ र रूपन्देहीमा ४ सय ४४ रहेको छ भने रुकुमपूर्वमा शून्य ड्रपआउट देखिएको छ। पूर्णखोप अभियानअन्तर्गत २०८२ जेठ ८ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो । त्यसपछि क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रूपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र २०८२ असार २७ मा अर्घाखाँचीमा घोषणा गरिएको हो।

लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा पूर्णखोप सुनिश्चित तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेसन गरी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको थियो ।

लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका ९देउखुरी० मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभयो ।

घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रीत गरिनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले लिएको लक्ष्य प्राप्तिका लागि जुन प्रतिबद्धताका साथ तपाईंहरू लाग्नुभयो, सबै बधाईका पात्र हुनुहुन्छ । हामीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका छौं, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यहाँहरू निरन्तर लागि पर्नुहुने छ भन्ने विश्वास लिएको छु ।”

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले २०७९ भाद्र ३१ गते नेपालकै दोस्रो पुर्णखोप प्रदेश पहिलो पटक घोषणा भएको र त्यसपश्चात निरन्तर प्रत्येक वर्ष सुनिश्चित्ता तथा दिगोपना गर्दैआएको बताउनुभयो । ‘मातृ मृत्यूदर, शिशु मृत्यूदर र पोषणलाई स्वास्थ्य मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेका छौं’ उहाँले भन्नुभयो, “स्वास्थ्यका नकारात्मक सुचकहरुलाई न्यूनीकरण गर्ने विषयमा लुम्बिनी प्रदेशले प्रगति गरिरहेको छ ।’

कार्यक्रममा परिवार कल्याण महाशाखा निर्देशक डा। विवेककुमार लाल, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई पूर्णखोप सुनिश्चितता प्राप्त प्रदेश भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री आचार्य, स्वास्थ्यमन्त्री सारुलगायत सभागीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा अभियानलाई सघाउने पाँच जना स्वास्थ्यकर्मी अ‍ोमप्रकाश पन्थी, दिपाकरकुमार महर्जन, जनकराज गिरी, चिन्तामणी ज्ञवाली र हरिप्रसाद आचार्यलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८२ बिहिबार ००:००  ८ : २० बजे