१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

पाल्पा दमकडाकी ओजस्वी आचार्य ‘सद्भावना दूत’ घोषणा



वाणगंगा ।

सशस्त्र प्रहरी बल नेपालले लागूपदार्थ दुर्व्यसनी रोकथाम तथा नियन्त्रण अभियानका लागि पाल्पाकी बालप्रतिभा ओजस्वी आचार्यलाई सद्भावना दूत घोषणा गरेको छ।

नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीको आठौँ स्थापना दिवसका अवसरमा शनिबार चन्द्राैटामा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कक्षा ९ मा अध्ययनरत दमकडा नमुना माध्यमिक विद्यालयकी छात्रा ओजस्वीलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्। महानिरीक्षक अर्यालले ओजस्वी आचार्यलाई दिइएको जिम्मेवारीले राष्ट्र र समाजमा सही सन्देश फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालयको आठौँ स्थापना दिवसको अवसरमा  श्रव्य दृश्य (भिडियो रेकर्ड)  प्रतियोगिता आयोजना गरिएको थियो । यसअघि सशस्त्र प्रहरी बलले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ७२ विद्यालयका ११६ विद्यार्थीलाई पछि पार्दै ओजस्वी प्रथम हुन सफल भएकी थिइन्। सोही सफलतासँगै उनलाई सद्भावना दूतको जिम्मेवारी दिइएको हो।

कार्यक्रममा लागुपदार्थ सेवनका प्रतिकूल असर र नियन्त्रणका उपायबारे सन्देशमूलक रचनाहरू पनि प्रस्तुत गरिएको थियो।

समारोहमा लागूपदार्थको दुरुपयोग नियन्त्रणबारे सन्देशमूलक रचना, सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन सापकोटा, व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल, सहायक प्रअ, शिक्षक, सहित ओजस्वीको परिवारजन पनि उपस्थित थिए। पछिल्लो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागितामार्फत ओजस्वी निरन्तर चर्चामा रहेकी छन्।

पछिल्लो समय विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै आएकी ओजस्वीलाई सशस्त्र प्रहरीको यो जिम्मेवारीले शैक्षिक क्षेत्रमा अझ थप प्रेरणा दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : ८ भदौ २०८२ आइतबार ००:००  १ : ०४ बजे