४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

आज यी ठाँउमा छ भारी वर्षाको सम्भावना



काठमाडौँ

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा वर्षा भइरहेको छ।

दिउँसो पनि कोशी, बागमती, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी पहाडी र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही , बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै  र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १६ भदौ २०८२ सोमबार ००:००  ७ : ४३ बजे