४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

विजयनगर गाउँपालिकामा तोडफोड गर्ने १६ जना नियन्त्रणमा



कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाँउपालिकाको कार्यालयमा तोडफेड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेन्जी आन्दोलन स्थगित भएको अवस्थामा केही युवाहरुले आज विजयनगर गाउँपालिका कार्यालयमा जनप्रतिनिधिका कुर्सी, नेमप्लेटलगायत सामग्री कार्यालय बाहिर ल्याई तोडफोड तथा आगजनी गर्ने क्रममा स्थानीय १६ जनालाई नियन्त्रणमा लिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अधिकारी दिलकुमार तामाङले बताएका छन् ।

कार्यालयमा क्षति हुन नदिन प्रहरीले तत्कालै हस्तक्षेप गरी युवाहरुलाई नियन्त्रणमा लिएको र थप अप्रिय घटना हुन नदिन सुरक्षा कडाइ गरिएको प्रजिअ तामाङले बताएका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२ बुधबार ००:००  ४ : ४६ बजे