१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आशिष शर्माले भने-‘कुशासनको बर्खिलापमा थियौं तरपनि घर जलाइयो’



मायादेवी अनलाइन, बाणगंगा ।

युवा नेता आशिष शर्माले मंगलबार जेनजी आन्दोलनमा आफ्नो घर जलेको बताएका छन् । एक प्रेस नोट जारी गर्दै उनले भनेका छन् -‘कपिलवस्तुको बाणगंगा नगरपालिका–११, भड्सडवास्थित मेरो घर यसपटक पनि जलाइयो । मेरा पुख्र्यौली घर हरेक परिवर्तनमा जलेको छ, तर हरेक पटक म फेरि उभिएको छु। आज फेरि मेरो घर जलेको छ, तर यसलाई अब मुलुक परिवर्तनतर्फको प्रेरणाका रूपमा लिएको छु ।’ युवा व्यवसायी समेत रहेका शर्माले आफ्नो परिवार धेरै समयदेखि राजनीतिबाट टाढा रहदै आएको बताएका छन् । ‘हिजोको शासन-कुशासन, पद प्रतिष्ठा, लाभ-हानी, लोभबाट हामी टाढा थियौं, उनले लेखेका छ्न्’, बरु कुशासनको उल्टै बर्खिलापमा थियौं ।’ यस्तो अवस्थामा पनि आफ्नो घर जलाइएको उनले उल्लेख गरेका छन् ।

उलने आफ्ना आमा र स्वास्थ्य प्रतिकूलतामा रहेका बुबा दिपकुमार उपाध्यायसहित घरमै रहेका बेला आगलागीको घटना भएको जानकारी दिएका छन् । शर्माले विज्ञप्ति जारी गर्दै उक्त घटनाले आफू र परिवारलाई ठूलो चोट पु¥याएको भन्दै पीडामाथि पनि सकारात्मक सोचसहित अगाडि बढ्ने प्रण गरेका छन् । शर्माले आफ्ना पुख्र्यौली सम्पत्ति गुमाए पनि समाज र मुलुकको परिवर्तनका लागि योगदान दिने संकल्प व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२ बुधबार ००:००  ९ : १७ बजे