मायादेवी अनलाइन, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पूर्व प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री विरुद्ध दिएको जाहेरीमा कुनै सत्यता नभएको बताएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले निकालेको बिज्ञप्तिमा भनिएको छ, ‘अनलाइन खबर लगायतका सञ्चार माध्यममा प्रकाशित समाचारमा पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रसाद शाहले पूर्व प्रधानमन्त्री विरुद्ध यस जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत जाहेरी दिएको कुरामा कुनै सत्यता नभएको व्यहोरा जानकारी गराईन्छ।’
प्रशासनले भनेको छ-‘शाहले ज्ञापनपत्र बुझाउनु छ भनेर जाहेरी पत्र पेश गरेकोमा नियमानुसार घटना घटेको स्थानमा जाहेरी दिन सुझाईएको र सो उपर कुनै कारवाही गर्ने जिम्मेवारी आफ्नो नभएको जानकारी गराएको छ ।’

शनिबार काङ्ग्रेस नेता समेत रहेका शाहले पूर्व प्रधानमन्त्री विरुद्ध जाहेरी दिएको भनेर संचार माध्यमलाई जानकारी दिएका थिए ।







प्रतिक्रिया