४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

फागुन २१ मा जसरी पनि निर्वाचन गराउनुपर्छः सञ्चारमन्त्री खरेल



काठमाडौँ ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने बताएका छन्।

सोमवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताए।

सञ्चारमन्त्री खरेलले जनताले अनुभूति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभूति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताए। त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरूको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताए।

राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरूले काम गर्न नसकेको उल्लेख गर्दै उनले आफूले हस्तक्षेप नगर्ने बताए।

प्रकाशित मिति : ६ आश्विन २०८२ सोमबार ००:००  ७ : ३५ बजे