१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

जनकपुरमा झुला भाँचिएर फसेका ५६ जनाको उद्धार



धनुषा ।

जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको मेलामा घुम्ने क्रममा हिजो झुला भाँचिएको थियो ।

फसेका सबैको सकुशल उद्धार भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका क्रेनलगायतको सहायताले सबै व्यक्तिको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८२ शनिबार ००:००  १ : ५३ बजे