१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

इजरायल–हमास युद्धमा अहिलेसम्म ६६ हजारभन्दा धेरै प्यालेस्टिनीको ज्यान गयो



एजेन्सी ।

इजरायल र हमासको युद्धमा अहिलेसम्म ६६ हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले सन् २०२३ को अक्टोबर ७ मा गरेको आक्रमणपछि ज्यान गुमाउनेको सङ्ख्या ६६ हजार ५ पुगेको र १ लाख ६८ हजार १ सय ६२ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । अस्पतालमा उपचारका लागि ल्याइएकामध्ये पछिल्लो २४ घण्टामा ७९ जनाको ज्यान गएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु वाशिङ्गटनमा रहेका बेला र भोलि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने योजना बनाइरहेका बेला इजरायली सेनाले गाजामा आक्रमणलाई निरन्तरता दिएको छ ।

इजरायलको आक्रमणले गाजाको विशाल क्षेत्रहरू ध्वस्त पारेको छ, झन्डै ९० प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ र विनाशकारी मानवीय सङ्कट निम्त्याएको छ । विज्ञहरूले गाजा शहरले अनिकालको सामना गरिरहेको बताएका छन् ।

हमासद्वारा सञ्चालित मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घ र धेरै स्वतन्त्र विज्ञहरूले भरपर्दो अनुमानका रूपमा हेरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२ आइतबार ००:००  ७ : ०० बजे