१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो



काठमाण्डौ।
पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको तुईन खोला नजिकै पूर्ण रुपमा अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

त्यस क्षेत्रमा पटक–पटक पहिरो झर्ने गरेकाले यात्रुले सास्ती भोग्दै आएका छन् । गएको हप्ता पनि पहिरो खस्दा सडक खुलाउन ४८ घण्टा लागेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८२ सोमबार ००:००  ७ : ०५ बजे