१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

प्रधानमन्त्रीले दसैँमा टीका नलगाउने



काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष वडा दसैँमा टीका तथा जमरा नलगाउने भएकी छन्। प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो।

सचिवालयले भनेको छ, हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ। त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ।

प्रकाशित मिति : १३ आश्विन २०८२ सोमबार ००:००  ७ : ०८ बजे