१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने



काठमाडौं ।
विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू दशैंमा दुई दिन बन्द रहने भएका छन् । असोज १५ गते नवमी र १६ गते दशैंको टीकाको दिन बन्द रहने भएका हुन् ।

दूतावासहरूले सूचना जारी गर्दै दुई दिन बन्द रहने जनाएका हुन् ।

नेपाल राजपत्रमा २०८१-११-१५ गते गृह मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार विदेशस्थित नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरू समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरेको थियो ।

दशैं विदामा दूतावास बन्द रहेपनि अत्यावश्यक काम परेको खण्डमा काम गर्न सकिने दूतावासहरूले जनाएका छन् । संयुक्त अरब ईमिरेट्सस्थित नेपाली राजदूतावासले भने तीन दिन विदा दिएको छ ।

अन्य दूतावासहरूले भने आवश्यकताका आधारमा विदाको व्यवस्था गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२ मंगलबार ००:००  ३ : २९ बजे