पिपरा ।
अबैध काठ निकासी गर्दा विवादमा मुछिएका सव डिभिजन बन कार्यालय पिपराका प्रमुख मोहन मिश्रा दशैका बेला तनाबमा परेका छन् । बनका पदाधिकारी तथा उपभोक्ता समूह मार्फत विभिन्न आर्थिक लाभ लिएको आरोप खेपेका मिश्रा आजै काठ आसार पाेसारमा संलग्न भएकाे प्रमाण फेला परेको छ ।
आजै आफू मातहतका बन समूहबाट ३ देखि ५ हजार रकम उठाएर बडा दशैको अष्टमी पुजा गरेका मिश्रा भने दिनभर प्रहरी कार्यालयमा स्थानीय र उपभाेक्तासंग विवादमा पुछिएपछि तनाबमा परेका हुन् ।
आफ्नै कार्यालयमा आयोजित बडाभोजमा बनका पदाधिकारी रमाईरहेकै बेला हुकुमी शैलीमा मायादेवी साझेदारी बन समूहको प्लटबाट काठ निकासी गर्दा स्थानीयले छुठपुर्जी, दर्ता चलानी विना काठ निकासी गरेकाे आरोपमा समातेपछि उनलाई समस्या परेको थियाे ।
७ थान सालका गुलिया काठ स्थानीय समुदाय र प्रहरीको सकृयतामा काठ बरामद गरी इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ । स्थानीयको खवरपछि काठ प्रकरणको विषय बुझ्न पुगेका संचारकर्मी सव डिभिजन कार्यालय पिपरा पुग्दा कार्यालयमा वडाभोज चलिरहेको थियो भने अधिकृत प्रहरी कार्यालमा छलफलमा थिए। बरामद उक्त काठ सम्बन्धमा डिभिजन बन कार्यालयले आवश्यक प्रकृया अघि बढाउने अधिकृत मिश्रले बताए ।
एक वनका पदाधिकारीले भने मातहतका ८ वटा सामुदायिक वनबाट ३ देखि ५ हजार रकम उठाएर दुर्गा पुजा गरी भोज गरिएको थियो । काठ प्रकरण कानुन विपरित भएपछि र त्यसको रहस्य खुल्ने भएपछि उनी तनावमा देखिन्थे ।
उता डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुका प्रमुख इश्वरी प्रसाद पौडेलले काठ निकासी र बरामद सम्बन्धमा कार्यालय बन्द भएको कारण त्यसको अनुसन्धान दशैंपछि हुने बताए ।
यसैसंग सम्बन्धित समाचारकाे लिंक
अवैध काठ प्रकरणले वन अधिकृत मिश्रा तनावमा, सव डिभिजनमा बडाभोज







प्रतिक्रिया