१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

गुल्मीमा नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



गुल्मी ।
गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक जना पक्राउ परेका छन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका २५ वर्षीय राजु सार्कीलाई प्रहरीले पक्रेको हो ।

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा सार्कीलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२ मंगलबार ००:००  ७ : २५ बजे