१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

बाढी पहिरोका कारण १०५ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द



काठमाण्डौ ।
अविरल वर्षापछि आएको बाढी पहिरोले १०५ मेगावाट क्षमताका १३ वटा आयोजनाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएका सबै विद्युत् आयोजनाहरू इलाम जिल्लामा रहेका छन् । इलाममा रहेका सबैजसो जलविद्युत् आयोजनाहरूमा बाढी पहिरोले क्षति पुर्‍याएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

इलामा रहेका माईखोला, माईखोला क्यासकेड, सुपरमाई, सुपरमाई ुएु तथा त्यसको क्यासकेड, जोगमाईखोला र त्यसको क्यासकेड, तल्लो जोगमाई, माइबेनी, माथिल्लो माईखोला, माई ुसीु क्यासकेड आयोजनाको उत्पादन पूर्णरूपमा बन्द भएको छ । ती आयोजनाको इन्टेक, पावर हाउस, सबस्टेशन, हेडवर्क्स, प्रसारणलाइनलगायतमा बाढीले क्षति पुगेको छ ।

त्यस्तै निर्माणाधीन अवस्थामा रहेका पाँचथरको सभाखोला ुबीु र हेवाखोलामा क्षति पुगेको छ । इलाममा रहेको सिद्धिखोला तथा सिन्धुपाल्चोकका ब्रम्हायणी र अपर ब्रम्हायणी विद्युत् आयोजनामा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ । ती आयोजनाहरूको पनि हेडवर्क्स, एक्सेस रोड, पावरहाउसलगायतमा क्षति पुगेको छ ।

यस्तै सिन्धुपाल्चोक र पाँचथरका निर्माणधीन ५ वटा जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा १ हजार ५०० मिटर तटबन्ध कटान हुँदा १० करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिनुभएको छ । हिजो र अस्तिको अविरल वर्षासँगै देशका विभिन्न नदीनालामा आएको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौंका संरचनामा क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२ आइतबार ००:००  ७ : ०५ बजे