९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सशस्त्र प्रहरी निरीक्षक र जवानविरुद्ध घुस प्रकरणमा आरोपपत्र



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगाँवा, रुपन्देहीमा कार्यरत दुई प्रहरीमाथि घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार बोर्डर आउटपोष्ट मझगाँवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र त्यहीँ कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीले भारतबाट भन्सार छली नेपाल भित्र्याइने कपडा तथा किराना सामानमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग रु। १५ हजार घुस मागी लिएको प्रमाणित भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

उक्त घटनामा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले जवान खत्रीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धान क्रममा खत्रीले आफ्ना कार्यालय प्रमुख निरीक्षक ढकालसँग मिलेमतो गरी योजनाबद्ध रूपमा उक्त रकम लिएको खुलेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० अनुसार कैद र बिगो बराबर जरिवाना सजायको मागसहित आरोपपत्र दायर गरिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२ शुक्रबार ००:००  ७ : ०१ बजे