३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025

कार्यालय जलेपछि भुइँमै बसेर सेवा दिँदै जनप्रतिनिधि



नेपालगन्ज ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ ।

कार्यालयका सम्पूर्ण फर्निचर र कागजात जलेर नष्ट भए पनि वडा अध्यक्ष कल्पना शर्मा लगायतका जनप्रतिनिधिले जनताका काम रोक्नु भएको छैन । उहाँहरुले भौतिक सुविधा नहुँदा पनि भुइँमै बसेर जनतालाई सेवा प्रदान गरिरहनुभएको छ ।

सो वडा कार्यालयले लालपुर्जा प्राप्त जमिनको कर संकलनदेखि जन्म, मृत्यु दर्ता, बसाइँसराइ र सिफारिसजस्ता दैनिक सेवा बिना अवरोध सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२ शुक्रबार ००:००  ७ : ११ बजे