१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

तिहार नजिकिएसँगै पाला बनाउन भ्याइ नभ्याइ



भक्तपुर ।
तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदाय माटोका पाला बनाउन व्यस्त छन् । अन्य समय भन्दा तिहारमा माटोका भाँडा बनाउन कुम्हाले समुदायलाई भ्याइनभ्याइ हुन्छ ।
अन्य सिजनको तुलनामा तिहारको समयमा माटोको दियो र पालाको माग धेरै हुन्छ । दीपावलीका लागि तिहारमा हरेक घर—घरमा दियो बालिने हुँदा पनि माटोको पालाको माग बढी हुन्छ ।

पछिल्ला वर्षहरूमा नेपाली बजारमा इलेक्ट्रोनिक बत्तीहरू धेरै आयात हुने भएपनि माटोका हस्तनिर्मित पालाहरूले मौलिकताका झल्काउने भएकाले बजारमा माग उच्च रहेको व्यवसायी बताउँछन् ।

पालाहरू तिहारको सांस्कृतिक पक्षसँग मात्र नभई परम्परागत नेपाली हस्तकला र काष्ठकला संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२ शुक्रबार ००:००  ११ : १९ बजे