२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

हाम्रो स्वाधीनता संकटमा छः विप्लव



काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता संकटमा रहेको बताएका छन्।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा पुगेको बताएका हुन्।

‘हाम्रो स्वाधीनता संकटमा छ। हामी सिरिया हुने, युद्धको मैदान हुने खतरा छ,’ उनले भने, ‘समय छँदै अरु देशको दलाली गर्न दलहरूले बन्द गरेनन् र मित्र हुँ भन्दै हस्तक्षेप गर्ने विदेशीले आफ्नो कदम रोकेनन् भने हामी अप्ठरो अवस्थामा पुग्नेछौं।’

उनले नेकपा हुँदासम्म साम्राज्यवादीको घुसपैठ सफल हुन नदिने दावी पनि गरे। ‘साम्राज्यवादी घुसपैठ हामीलाई स्वीकार्य छैन। मित्र देश हुन भने सहकार्य गर्न तयार छौं। हस्तक्षेपको मनसाय राख्नु हुँदैन भनेर हामी अमेरिका, भारत, चीन सबैसँग हातेमालो गर्न तयार छौं। नभए यो अमर सिंह, भक्ति थापाहरूको देश हो भन्ने सबैले हेक्का राख्न पनि आग्रह गर्दछौं,’ उनले भने।

प्रकाशित मिति : २० कार्तिक २०८२ बिहिबार ००:००  ४ : ५९ बजे