३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

धानको मूल्य बढाउन प्रदर्शन



दाङ। 

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने मागसहित राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेश समितिले आज नेपालगन्जमा प्रदर्शन गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८२-८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको भए पनि, धान खरिद कम्पनीहरूले सस्तो मूल्यमा धान खरिद गर्न थालेपछि किसानहरू सडकमा उत्रिएका हुन् ।

धान खरिद कम्पनीहरूले मनपरी मूल्य निर्धारण गर्न थालेपछि आफूहरू सडकमा आउनुपरेको किसान नेता तुलसा पोख्रेलले बताउनुभयो । “हामीले सरकारको ध्यानाकर्षणका लागि पहिलो चरणमा प्रदर्शनमा जुटेका छौं, उहाँले भन्नुभयो, “किसानको माग यथासिघ्र हुनुपर्छ, किसानको हकहितका लागि आफुहरू सधैंभरि लडिरहने छौँ ।”

“हामीले धानको समर्थन मूल्य कायम गर्नुपर्ने, किसानलाई समयमा मल-बिउ उपलब्ध गराउनुपर्ने र बेमौसमी वर्षाले पुर्‍याएको क्षतिको क्षतिपूर्ति माग गरेका छौं, उहाँले भन्नुभयो, “सुरुवाती चरणमा सरकारले आवाज नसुने हो भने हामी बाध्यतावश कडा आन्दोलनमा उत्रने छौं ।” अखिल नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेशको नेतृत्वमा पर्दशनी भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२ आइतबार ००:००  ७ : ०४ बजे