१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद



कपिलवस्तु ।

कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमा नाकाको पश्चिमपट्टि रहेको एक बगैंचाबाट २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले अवैध रूपमा भित्र्याइएको सो मल फेला पारेको हो ।

भन्सार कार्यालय सुठौलीका प्रमुख किरण बिष्टका अनुसार बगैंचामा बेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएको अवस्थामा युरिया मल फेला परेको थियो ।

उहाँले बरामद गरिएको मललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा ल्याइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२ मंगलबार ००:००  ६ : २३ बजे