१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

एलपी ग्यास व्यवसायी संघ कपिलवस्तुको नयाँ नेतृत्वमा सन्देश कक्षपती



कपिलवस्तु ।

एल.पी ग्यास व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सन्देश कक्षपती चयन हुनुभएको छ । आज सम्पन्न संघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले गक्षपतीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्षमा जितेन्द्र मौर्या, सचिवमा मिनलाल पौडेल, सहसचिवमा कासिराम चौधरी, कोषाध्यक्षमा शंकर अर्याल, सदस्यहरुमा ओमकार गुप्ता, रफिक महमत, कमल श्रेष्ठ, कविता फुल्लेल, ऋषिराम पौडेल, महेन्द्र श्रेष्ठ, विनय कुमार गप्ता रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष कक्षपतीले आफुहरुको टिमलाई नेतृत्वमा ल्याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदैँ सम्पुर्ण व्यवसायीलाई मिलाएर लैजाने बताउनुभयो ।

खुला सत्रमा भएको साधारण सभाको कार्यक्रमलाई सम्बोधन गर्दै एल.पी ग्यास व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालले सम्पुर्ण ग्यास व्यवसायी मिल्न नसक्दा समस्यामा परेको भन्दै अब सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो । अध्यक्ष अर्यालले प्रमुख ग्यास विक्रेताहरुलाई विभिन्न तालिमको आवश्यक परेको भन्दै त्यसको लागि महासंघले तयारी गरिरहेको पनि बताउनुभयो ।

त्यस्तै एल.पी. ग्यास महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष इन्द्र कुमार श्रेष्ठले हामिहरुले ग्यासको उत्पादनमा गुणस्तरियता दिन आवश्यक रहेको बताउनुभायो ।

त्यस्तै कार्यक्रममा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल), रुपन्देही एल.पी.ग्यास व्यवसायी संघका अध्यक्ष प्रदिप पन्त, संघका कपिलवस्तुका निवर्तमान अध्यक्ष दिनेश चन्द्र गुप्ता, महेश पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२ मंगलबार ००:००  ६ : ३६ बजे