अर्घाखाँची ।
सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे–सन्धिखर्क सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवम् स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा हिजो बसेको सर्वपक्षीय निर्णयअनुसार आजदेखि आउँदो मङ्सिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी मर्मत तथा स्तरोन्नतिको काम हुने भएको हो ।








प्रतिक्रिया