१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

फागुन २१ गतेकाे चुनावका लागि मतदाताको उमेरसम्बन्धी निर्दिष्ट समय निर्धारण



काठमाण्डाै ।

निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि मतदाताको उमेरसम्बन्धी निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ ।

आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताउनुभयो ।

विवरण सच्याउने काम सकिएपछि आउँदो पुस १५ गते आयोगले मतदाताको अन्तिम नामावाली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताउनुभयो । प्रतिनिधिसभा सदस्य चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न थप भएको अवधि आज सकिएको छ ।

यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले पाँच दिन अर्थात् आजसम्मको समय थप गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८२ शुक्रबार ००:००  ७ : २२ बजे