१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

२३ प्रतिशत एचआइभी सङ्क्रमित उपचारको दायरा बाहिर



काठमाडौँ । २३ प्रतिशत एचआइभी सङ्क्रमित उपचारको दायरा बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।

 ३८ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कले कुल एचआइभी सङ्क्रमित मध्ये ७७ प्रतिशत उपचारमा रहेका छन् । 

केन्द्रका निर्देशक डा.सर्वेश शर्माका अनुसार सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएकोमा २६ हजार ३७२ सङ्क्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी ) अर्थात ७७ प्रतिशतले उपचार लिइरहेका छन् । 

सरकारले ६४ जिल्लाका ९६ एआरटी केन्द्रबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

६१४ जनामा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन सन् २००० को तुलनामा ८९ प्रतिशतले घटेको हो । 

सन् २००० मा पाँच हजार छ सय व्यक्तिमा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको थियो । समयमा १४ वर्ष मुनिका ३७ जना बालबालिकामा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएको छ । 

प्रकाशित मिति : ११ मंसिर २०८२ बिहिबार ००:००  ६ : ३६ बजे