२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ



काठमाडौँ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ।

सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरी परिचय पत्र बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।

विवरण दर्ता अपरेटरको रूपमा कार्यरत महालक्ष्मी नगरपालिका(३ इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी र ललितपुर(१३ बस्ने २८ वर्षीय आशिषबाबु कुमाललाई पक्राउ गरेको हो।

उनीहरूलाई सिआइबीले शनिबार पक्राउ गरेको हो।

उनीहरूमाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को परिच्छेद ६ को दफा ४१ अनुसार अनुसन्धान अघि बढाएको छ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२ आइतबार ००:००  ७ : ५७ बजे