५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

चुनाव बिथाेल्ने कम नगर्न प्रचण्डकाे खबरदारी



काठमाण्डाै ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव बिथोल्ने काम नगर्न सबै पक्षलाई खबरदारी गर्नुभएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा आज आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले अबको निकासका लागि चुनाव नै विकल्प भएको बताउनुभयो । पूर्वदेखि पश्चिमसम्मको एकता सन्देश सभाका क्रममा नागरिक पनि चुनावका लागि तयार भइरहेको पाएको भन्दै प्रचण्डले राजनीतिक दल पनि चुनावको तयारीमा जुटिरहेका उल्लेख गर्नुभयो ।

कांग्रेसले पनि चुनावमा जाने संस्थागत निर्णय गरिसकेको अवस्थामा दोहोरो चरित्र नदेखाइ चुनावको प्रक्रियालाई अघि बढाउने काममा अघि बढ्न संयाेजक प्रचण्डले एमालेलाई पनि आग्रह गर्नुभयो ।

त्यस्तै सम्बोधनका क्रममा नेकपाका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरू इमानदारिताका साथ अघि बढेको दाबी गर्नुभयो । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका एक दर्जन बढी वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा आयोजना गरेका सन्देश सभा अन्तर्गत आजको सभा अन्तिम हो ।

नेकपाल दिउँसो भृकुटीमण्डमा सभा शुरू हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली र जुलुस निकालेको थियो । नेकपाले यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकता सन्देश सभा गरेको थियो ।

प्रकाशित मिति : ५ पुस २०८२ शनिबार ००:००  ५ : १८ बजे