काठमाण्डाै ।
नवलपरासी पश्चिमको कजारिया टायल्स उद्योगमा कार्यरत दुई जना मजदुर मृत फेला परेका छन् । बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको उद्योगमा कार्यरत बर्दघाट–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारतीय नागरिक ३० वर्षका विनोद कुमार मृत फेला परेका हुन् ।
उद्योगको ग्यासी फायरमा सुतिरहेका उनीहरू आज बिहन ३ बजेतिर मृत फेला परेका हुन् । प्रहरीले खबर पाएपछि स्थलगत मुचुल्का तयार पारि पाेस्टमार्टमका लागि शव पठाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
मृतकका आफन्तले घटना शङ्कास्पद रहेको भन्दै उद्योग परिसरमा प्रदर्शन गरेका छन् ।







प्रतिक्रिया