२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

प्रतिनिधि सभा निर्वाचन: मतदाता नामावली छपाइ सुरु



काठमाडौँ । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार शुक्रबारदेखि सो कार्य सुरु भएको हो ।

उहाँले आयोगका कार्यबहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  आयोग परिसरमा मतदाता नामावलीको छपाइ कार्यको शुभारम्भ गर्नुभएको जानकारी दिनुभयो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् फरक परिस्थितिमा गठन भएको सरकारले भदौ २७ गते राति  फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय गरेको हो। 

आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार कायक्रम अघि बढाउँदै आएको छ । 

यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति २०८२ माघ ११ गते तय भएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२ शुक्रबार ००:००  ८ : १० बजे