१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने



काठमाण्डौ ।
प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्च अधिकारीहरूले आज प्रधानमन्त्री कार्कीलाई भेटेर यसबारे जानकारी गराएको हो । आयोगले चुनावका लागि आउँदो माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ ।

भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षामन्त्री महावीर पुन, कानूनमन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२ शुक्रबार ००:००  ७ : ०१ बजे