२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

देशमा आगो लगाउनेहरूलाई हराउनुपर्छः केपी ओली



काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो लगाउनेहरूलाई आगामी निर्वाचनमा हराउनुपर्ने बताएका छन्।

लोकतन्त्र बचाउन आगो लगाउनेहरूलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको तर्क थियो। पार्टीले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग लोकतन्त्र बचाउन सहकार्य गर्दै अघि बढ्ने बताए।

देशभक्त र लोकतान्त्रिक शक्तिहरू आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने ओलीको भनाइ थियो। उनले संविधान, राजनीति, राजनीतिक दलका नेताहरू नचाहिने तत्वले देशमा आतंक फैलाउने काम गरिरहेको पनि बताए। 

अध्यक्ष ओलीले भने, ‘लोकतन्त्र बच्यो भने प्रतिस्पर्धा गर्ने हो। लोकतन्त्र बचेन भने केमा प्रतिस्पर्धा गर्ने हो? हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन्। लोकतन्त्रविरोधी संसद् विघटनकर्ताहरू, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरू हुन्।  संविधान चाहिएन, राजनीति चाहिएन। राजनीतिक पार्टीहू चाहिएन, राजनीतिक दलका नेताहरू चाहिएन। देशलाई नीतिविहीन, थितिविहीन अराजकता र आतंकको राज्य बनाउन खोजियो।’

अध्यक्ष ओलीले अवैधानिक लोकतन्त्रविरोधी संसद् विघटनकर्ताहरू र देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरू भएको बताए। 

प्रकाशित मिति : २ माघ २०८२ शुक्रबार ००:००  ६ : ४८ बजे