१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

एमाले महासचिव पोखरेलद्धारा मनोनयन दर्ता



दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल दाङ क्षेत्र २ बाट मनोनयन दर्ता गराउनु भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार दर्ता गराउनु भएको हो । 

पोखरेलको प्रस्तावकमा एमाले अग्रज नेता शम्भु गौतम र समर्थक एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य रहनु भएको छ। उहासँगै दाङ निर्वाचन क्षेत्र नम्बर २ मा हालसम्म ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। यसैबिच नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य मनोनयन दर्ता गराइसक्नु भएको छ । 

यस्तै, जनमोर्चाबाट मनिराम खनाल, रास्वपाका विवेक आचार्यलगायतको उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।यस्तै मनोनयन दर्ताका लागि नेपाली कांग्रेसका किरणकिशोर घिमिरे पनि कार्यालयमा पुग्नु भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने छ। मनोनयन दर्ताको अन्तिम समयसम्म थप उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराउने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०८२ मंगलबार ००:००  ६ : ०४ बजे