१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाण्डौ ।

दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेमबहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गलत लिखत तयार एवम् सरकारी कागजात सच्याइ भारतीय नागरिकलाई नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले खवाससहित राजपुर गाउँपालिका ४ का अध्यक्ष रामेश्वर अहिर, वडा सचिव राजेशकुमार कहार र कार्यालय सहयोगी मीना चौधरीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले भारतीय नागरिक आलम जोल्हा र आएसा जोल्हालाई पनि प्रतिवादी बनाएको छ ।

कर्मचारीहरूले राजपुर गाउँपालिका–४ स्थायी ठेगाना भएको भनि झुट्टा लिखत तयार गरि सरकारी कागजात सच्याइ भारतीय नागरिकलाई नागरिकताको प्रमाणपत्र दिलाएको आरोपपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १२ माघ २०८२ सोमबार ००:००  ७ : ५८ बजे