१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

युवराज सफल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद थप



काठमाडौँ

युवराज सफल भनिने युवराज पौडेललाई  पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा आधारहीन अभिव्यक्ति दिएको र गाली बेइज्जती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताका बारेमा तथ्यहीन आरोप लगाएका जनाइएको छ। महान्यायाधिवक्ता कार्यालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीमाथि अनुसन्धान पनि थालिएको परिसरका प्रवक्ता पवन भट्टराईले थाहाखबरलाई जानकारी दिए। उनीमाथि ३ दिनको म्यादसमेत थप भएको छ।

प्रकाशित मिति : १३ माघ २०८२ मंगलबार ००:००  ७ : १७ बजे