काठमाडौँ ।
युवराज सफल भनिने युवराज पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
सामाजिक सञ्जालमा आधारहीन अभिव्यक्ति दिएको र गाली बेइज्जती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताका बारेमा तथ्यहीन आरोप लगाएका जनाइएको छ। महान्यायाधिवक्ता कार्यालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि अनुसन्धान पनि थालिएको परिसरका प्रवक्ता पवन भट्टराईले थाहाखबरलाई जानकारी दिए। उनीमाथि ३ दिनको म्यादसमेत थप भएको छ।







प्रतिक्रिया