१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

प्रहरीको रासन रकम बढ्यो



काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जाने भएका छन्।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनी नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

अर्यालकाअनुसार राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्म तीन दिने भ्रमणमा जान लागेका हुन्।

बैठकले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको पनि उनले बताए।

उनले भने, ‘२०८२-११-१ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको छ।’

आगामी फागुन १ गतेदेखि लागू हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको अर्यालको भनाइ छ।

प्रकाशित मिति : १५ माघ २०८२ बिहिबार ००:००  ६ : ५० बजे