९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै



दाङ। लुम्बिनी प्रदेश सभाको बैठक शनिबार पनि बस्ने भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ ।

शुक्रबारको बैठकमा पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३ शनिबार ००:००  १० : ३५ बजे