१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगामा थप ४ जनामा कोरोना, २ जना बैङ्कका हाकिम र कर्मचारी



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीजि स्तरबाट स्वाब जाँच गराएकामध्ये ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार २ जना वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारी पनि परेका छन् । ती मध्ये चार नम्बरको बैङ्कका हाकिम १ जना रहेका छन् ।

उनीहरु वडा नम्बर २ का ३७ र ३४ बर्षिय पुरुष रहेका पनि पौडेलले बताउनु भयो । अन्य २ जनामा वडा नम्बर ७ का ३४ बर्षका पुरुष र वडा नम्बर ४ की ५० बर्षकी
महिला रहेको पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ कार्तिक २०७७ आइतबार ००:००  ७ : ४८ बजे